लमजुङमा चिनियाँ नागरिकको मृत्यु


लमजुङ । लमजुङमा चिनियाँ नागरिकको मृत्यु भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिक उबस्कीको माथिबाट ढुङ्गा खसेर मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

आयोजनाको क्यामबाट बा २ प ७१९८ नंम्बरको ट्रकमा ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा चालक उबक्सी गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

ढुङ्गा लागेर आयोजनाकै इञ्जीनियर चिनियाँ नागरिक लुच्याङ घाइते भएका छन् । उनको बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार