शिवपुरीमा दुर्घटनाग्रस्त हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो

काठमाडौं । नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त हेलिकप्टर उडेको ३ मिनेट मै सम्पर्कविहिन भएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार हेलिकप्टर काठमाडौबाट उडेको ३ मिनेटमै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको हो ।

‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ काठमाडौं जिल्ला शिवपुरी गाउँपालिका वडा नं। ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको’,जारि विज्ञप्तिमा भनिएको छ ।

दुर्घटनामा ४ जना चिनियां नागरिक र पाइलट गरि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी रहेका छन् भने दुर्घटनामा क्याप्टेन अरुण मल्लको पनि ज्यान गएको छ। दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन् ।

नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्ति

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार