काठमाडौं । शनिबार भक्तपुरमा कोरोना संक्रमण पुुष्टि भएका महिला कुवेतबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुवेतबाट आएका थप ७ जना महिलामा कोरोना पुष्टि भएको जनाएको छ ।
कोरोना पुष्टि भएका सबै जना कुवेटबाट आएर भक्तपुरको खरिपाटी क्वारेन्टिनमा बसेसीरहेका छन् । उक्त क्वारेन्टिमा बसेका दुई जना महिलालाई यसअघि पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
मन्त्रालयले एक जना काठमाडौंका महिलालाई पनि कोरोना संक्रमण देखिएको जनाएको छ ।








