काठमाडौं । निर्मला पन्तको न्यायको लागि आज विप्लव नेतृत्वको नेकपाले देशैभरि प्रर्दशन गर्दैछ ।
उसको पुर्बनिर्धारित कार्यक्रम अनुसार आईतबार कंचनपुर लगायत देशैभरि प्रर्दशन गर्न लागेको हो ।
कंचनपुरकी १३ बर्षिय निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा समेत हत्यारा पक्राउ गर्न नसकेको भन्दै चोतर्फी सरकारको आलोचना भइरहेको बेला विप्लव नेतृत्वको नेकपाले पनि न्यायका लागि प्रर्दशन गर्न लागेको बताएको छ ।
केहि दिन अघि काठमाडौंमा सम्पन्न जनसभामा नेकपाका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले निर्मलाको हत्यारा सरकाले नै लुकाएको भन्दै अब आफ्नो पार्टीले हत्यारा खोजेर कारवाही गर्ने बताएका थिए ।
विशेषरुपमा काठमाडौं र कंचनपुरमा दिउसो १२ बजेदेखि निर्मलाको न्यायका लागि प्रर्दशन गरिन लागेको नेकपाले जनाएको छ ।