
काभ्रे । गएराति काभ्रेमा हतियारसहित आएको एक समूहले ९० लाख बराबरको बोधिचित्त लुटेको छ । लुटेराको समूहले जिल्लाको रोशी गाउँपालिका ५ का वीरबहादुर तामाङको बारीमा रहेको रुखबाट ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको प्रहरीले जनाएको छ ।
उनले उक्त दाना एक स्थानीय व्यापारीलाई ९० लाख रुपैयाँमा बिक्री गरेका थिए । दानाको सुरक्षाका लागि बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरी घाइते बनाएका छन् ।
अत्याधुनिक हतियारसहित आएको ३० जनाको समूह बोधिचित्त लुटेर भागेको छ । स्थानीय प्रशासनका अनुसार उनीहरुले बाटोमा बमजस्तो केही वस्तु राखेर खतरा लेखि अवात जावत बन्द गराएका थिए । लुटेरासँग २ थान बन्दुक, २ थान पेस्तोल, १० थान कटुवा बन्दुक, खुकुरी र केही सकेट बम पनि रहेको स्थानीयले बताएका छन् ।
उनीहरुको आक्रमणबा परी घाइते भएका चार जनाको अहिले धलिखेल अस्पतालमा उपचार भइरहेको भने वेपत्ता पारिएका एक जना र लुटेराको समूहलाई प्रहरीले खोजी रहेको छ ।










