
भक्तपुर। भक्तपुरकी ४ वर्षीय बालिका पेट दुखेर अस्पताल जाँदा कोरोना पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
पेट दुखेको बालिकाको काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको र त्यहाँ एपेन्डिसाइटिसको अपरेसन गर्नुपुर्व अस्पतालले असार ११ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो । स्वाबको रिर्पोट शनिबार पोजेटिभ आएको हो । अहिले संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ ।










