काठमाठौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयद्धारा आइतबार दिइएको जानकारी अनुसार थप भएका संक्रमितसहित अहिलेसम्म नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १३२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले सम्म कोरानो निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको छ ।