देशैभरी बाढी र पहिरो, म्याग्दीमा ७ जना बेपत्ता, पोखरामा ४ र लम्जुङमा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । हिजोदेखि परेको अविरल वर्षाका कारण देशैभरी बाढी र पहिरोले ठुलो समस्या भएको छ । कतै बाढी र कतै पहिरोले गर्दा ठुलो धेरैको ज्यान गएको छ भने धरै बेपत्ता भएका छन् ।
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएपछि ७ जना बेपत्ता भएका हुन् । त्यस्तै पहिरोले घण्टीवाङका १३ परिवार विस्थापित भएका छन् ।
पोखरामा पनि पहिरोलो स्थानीयको घर बगाउदा क्षती पुर्याएको छ । अविरल वर्षाका  कारण पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका १८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । अन्य छ जनालाई भने उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको बताइएको छ ।
उनको घरमा हिजो साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न सकेको छैन् । प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
त्यस्तै पोखरा महानगरपालिका २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराकै छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै लम्जुङको बेसिशहर नगरपालिका ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गएराति ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार