जाजरकोटमा पनि ठुलो पहिरो, १२ जना बेपत्ता

जाजरकोट । जाजरकोटमा पनि ठुलो पहिरो जाँदा १२ जना बेपत्ता भएका छन् । जिल्लाको बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति गएको पहिरोले दुई घर बगाउँदा बेपत्ता हुनेमा एक परिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन रहेका छन् ।

त्यस्तै अर्को परिवारका कालु सार्की, उनकी १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र ६ वर्षीय छोरा सुवास रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की पनि बेपत्ता भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनास्थलमा उद्धारतर्फ प्रहरी टोली भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार