म्याग्दी पहिरोमा परी २७ जनाको मृत्यु, ४ जना अझै बेपत्ता


म्याग्दी । म्याग्दीमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरोमा  ४ जना अझै बेपत्ता भएका छन् । शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी १२ जना घाइते भएका छन् । उनीहरुको बेनी, पोखरा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार गएको पहिरोले जिल्लाको धवलागिरी गाउँपालिका मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । भने मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा पनि धेरै क्षति पुर्‍याएको स्थानीयले बताएका छ ।

मृत्यु हुनेमा धवलागिरी गाउँपालिकाका १८, मालिका गाउँपालिकाका ८, र रघुगंगा गाउँपालिका ६ ठाडाखानीका १ रहेका छन् ।
पहिरोमा परी हराई रहेका व्यक्तिहरुको नेपाली सेना, प्रहरी र स्थानीयले खोजि गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार