पहिरोमा परी तनहुँमा २ को मृत्यु १० वेपत्ता

तनहुँ । पहिरोमा परी तनहुँमा २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । लगातारको वर्षापछि  जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा दुइ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् ।
मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका १ र व्यास नगरपालिका १ जना महिला रहेका छन् ।  रिसिङ गाउँपालिक ८ मा एकै परिवारका ५ बेपत्ता भएका छन् । व्यास नगरपालिका ९ माझफाँटमा ४ र सोही नगरपालिका ११ का १ जना गरी १० जना वेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको स्थानीयले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार