
तनहुँ। तनहुँमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।
अविरल वर्षासँगै सोमबार आएको पहिरोमा परी ज्यान गुमाउनेमा व्यास नगरपालिका ९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका ८ पल्ट्याङ भैसीकिलेका ५ जना र म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडाका १ जना रहेका छन् ।
पहिरोमा पुरिए व्यास ९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास ११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल भने बेपत्ता भएका छन् । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।
त्यस्तै पहिरोमा परी घाइते भएका ऋषिङ ८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा र व्यास ९ माझफाँटका ५० वर्षीय केशव थापाको भने अहिले पोखरामा उपचार भइरहेको छ ।











