कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी


कञ्चनपुर । कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी गरेको छ । समूहले जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा आगजनी गरिएको हो ।

अज्ञात समूहले बुधबार राति झ्यालको सिसा फुटाएर प्रज्ज्वलनशील पदार्थ छर्किएर आगजनी गरिएको छ । आगजनीबाट कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेका छन् ।

कार्यालयमा कस्ले र किन आगो लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार