
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङमा चार जनाको मृत्यु भएको छ । मंगलरबार विहान जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा गएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तमानखोला गाउँपालिका २ का पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विक त्यस्तै निसीखोला गाउँपालिका १ का अन्दाजी पाँच वर्षीय समिर परियार र अन्दाजी ६० वर्षीया एक महिला रहेकी छन् ।
घरमाथिबाट आएको पहिरोमा परी पालबहादुर विककी श्रीमती होमकुमारी विक गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।











