माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशनः ‘माडीमा राम र सीताको भव्य मन्दिर बनाउँनुहाेस्’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीका जनप्रतिनिधि बोलाएर त्यहाँ भगवान राम र सीताको भव्य मन्दिर बनाउँन निर्देशन दिएका छन् ।

शनिवार बालुवाटारमा चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसंगको भेटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडी नै भएको दावी गर्दै साविकको अध्योध्याधामको मास्टर प्लान बनाउन निर्देशन दिएका हुन ।

प्रधानमन्त्री ओलीले माडीका जनप्रतिनिधिलाई आफै बोलाएर बालुवाटारमा झण्डै २ घण्टा लामो छलफल गर्दै यस्तो निर्देश्न दिएका हुन ।

उनले विसं २०७८ सालको दशैंमा माडीमा राम र सीताको मूर्ति अनावरण गर्ने गरी भव्य मन्दिर बनाउन समेत निर्देशन दिएको माडीका मेयर ठाकुरप्रसाद ढकालले बताए ।

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर साविकको अयोध्यापुरी नै राख्नसमेत सुझाव दिएको मेयर ढकालले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि भानुजयन्तीका अवसरमा बालुवाटारमै बोल्दै रामको अयोध्या नेपालमै पर्ने बताएका थिए । त्यसपछि उनको अभिब्यक्तिलाई लिएर नेपाल लगायत भारतमा विरोध भएको थियो ।

रामको अयोध्या भारतमा नै पर्ने भन्दै प्रधानमन्त्री ओलीविरुद्ध जनकपुरमा लगायतका ठाउँमा प्रर्दशन समेत भएको थियो ।

यद्यपी, प्रधानमन्त्री ओलीले रामको अयोध्या नेपालको माडी स्थित अयोध्यापुरी मै रहेको रहेको दावी गरिरहेका बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको बुधबार बाबरी मस्जिद रहेको ठाउँ अयोध्यामा राम मन्दिरको शिलन्यास गरिसकेका छन् । जसमा सहभागी हुन जानकी मन्दिरका पुजारी स्वयम अयोध्या पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार