सरकारको ओलोचना गर्नेलाई स्वास्थ्य मन्त्रीको कडा जवाफ : मति सप्रियोस


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेलाई कडा जवाफ दिएका छन् । उनले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै ओलोचना गर्नेको मति सप्रियोस भन्दै शुभकामना दिएका छन् ।

मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।

उनले कोरोना महामारीका बेला सरकारको आलोचना गरेर मात्रै नहुने बताएका छन् । यसलाई जित्नका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउदैं उनले भने, ‘यो लडाई जित्निका लागि आजको दिन मति बिग्रिएकाहरुका लागि पनि मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु ।‘

मन्त्री ढकालले यो बेला अरु भन्दा पनि कोरोना विरुद्धको लडाई जित्नु महान कार्य भएको दाबी गरेका छन् । उनले राजनीतिलाई पनि अहिलेको लडाईको आवश्यकता नभएको बताए । महामारीबाट बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि लड्न सकिने उनले बताएका छन् ।

यतिबेला नेपाल पनि कोरोनाको लडाईमा रहेको छ । विपक्षी र समूदाय स्तरबाट भने कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलको भन्दै चर्को ओलाचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार