ओलीको काउनडाउन सुरु भएकै दिन बालुवाटारमा ओली-प्रचण्डबीच चार घण्टा छलफल, उपलव्धी के ?


काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच नौं दिनपछि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच बिहान चार घण्टा लामो छलफल भएको हो । पार्टी विवादबारे पटक पटकका छलफलबाट कुनै समाधान नस्किएपछि दुबै अध्यक्षबीच संवाद रोकिएको थियो ।

प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै पार्टीभीत्रको विवाद ‘पाँचदिनमा समाधान हुन्छ, काउनडाउन सुरु गर्नुस’ भनेकै अर्को दिन अध्यक्ष प्रचण्डसंग लामो छलफल गरेका हुन् ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच आजको छलफल सकारात्मक रुपमा अघि बढेको प्रचण्डको सचिवालयले जनाएको छ । छलफमा पार्टी महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्री लगायतका विषयमा दुबै अध्यक्षबीच सकारात्मक रुपले छलफल भएको बताइएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि ओली सकारात्मक रहेकाले समाधान निकाल्न दुबै अध्यक्षबीच भोली फेरी छलफल हुने बताइएको छ ।

असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागेपछि उनी पार्टीका छलफलहरुबाट पन्छिदै आएका थिए । ओली पार्टी र सरकार संचालनमा असफल भएको र हरेक निर्णय एकलरुपमा गर्दै आएके भन्दै पार्टीभित्र उनीप्रती चर्को असन्तुष्टी छाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार