
सुनसरी । हृदयघात भएर अस्पताल पुगेका एक वडा अध्यक्षको उपचार हुन नसकि मृ त्यु भएको छ । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवकाे हृदयघातपछि उपचार हुननपाई मृ त्यु भएको हाे ।
शनिबार घरमै रहेका बेला हृदयघात भएका यादवलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्याइएको थियो । को रोना सं क्रमितको संख्या धेरै भएकाले अस्पतालले भेन्टिलेटर र अक्सिजन बेड अभाव रहेको बताएपछि उनलाई त्यहाँबाट झापाको बिएण्डसी अस्पताल पुर्याइएको थियो।
उनलाई अस्पतालमा पुर्याइए पनि समयमै उपचार हुन नसकेपछि मृ त्यु भएको आफन्तले बताएका छन् । को रानो सं क्रमितको संख्या बढेसँगै धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा भेन्टिलेटरको अभाव भएको बताइएको छ ।









