नेपाल आइडल २ विजेता रवि ओडलाई सोमबार (आज) धनगढी विमान स्थलमा भव्य स्वागत गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका लागि धनगढी पुगेका रविलाई विमान स्थलमै भव्य स्वागत गरिएको हो ।
नेपाल आइडल २ विजेता बने पछि पहिलो पटक सुदूरपश्चिम सरकारको सम्मानमा सहभागि हुन रवि धनगढी पुगेका हुन् । विमान स्थलमा रविका शुभचिन्तक, सहयोगि, भोटर, प्रदेश सरकारका र्मचारी, पत्रकार, बृद्धिजिवि र अन्य सर्वसाधारणले फुलमाला र अबिरले स्वागत गरेका छन् ।
रविलाई केहिबेर पछि धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बधाई दिने कार्यक्रम रेहको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बधाई तथा सम्मान कार्यक्रमपछि रवि आजै बेलुका काठमाडौं फर्किने नेपाल आइडल आयोजकले जनाएको छ ।