नदीमा डुबेर कञ्चनरपुरमा दुई जनाको मृत्यु

कञ्चनपुर । नदिमा डुबेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लालझाडी गाउँपालिका २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका राना रहेका छन् ।

सोमबार दिउँसो गाउँ नजिकैको दोदा नदीमा माछा मार्न गएका  उनीहरुको  डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक जना १२ वर्षीया अनु रानालाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् । मृतक दुबैको शव स्थानीयले फेला पारेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार