
रौतहट । रौतहटमा कोरोनामुक्त भएको खुसीमा एक वडाध्यक्षले मोटरसाइकल ऱ्याली निकाल्दा झडप भएको छ । जिल्लाको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले आफु कोरोनामुक्त भएको खुसीयालीमा गाउँमा मोटरसाइकल र्याली निकाल्दा स्थानियहरुले विरोध गरेपछि झडप भएको हो ।
निषेधाज्ञा गरिएको बेला वडाध्यक्षले ठूलो संख्यामा र्याली निकालेर कोरोना संक्रमणको जोखिम निमत्याएको भन्दै स्थानियहरुले
विरोध गरेपछि झडप हुन पुगेको जिल्लाा प्रहरी कार्यालय रौतहटले जनाएको छ।
वडाध्यक्षले निकालेको मोटरसाइकल र्यालीमा स्थानियहरुले ढुंगामुडा गरेपछि भएको झडपमा परी दुवै पक्षका ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
झडपमा स्थानिय सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी, जयदा खातुन, शेष नसिब घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
वडाध्यक्ष अन्सारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ९ गते चाँदीपार्क आइसोलेसनमा राखिएको थियो । एक सातापछि उनको रिपोर्ट नेगेटिभ आएपछि उनी घर आएका थिए ।














