२ लाखका लागि मोरङबाट बहिनी एम्बुलेन्समा अपहरण गरी काभ्रे पुर्याइयो


मोरङ । पैसाका लागि बहिनी अपहरण गर्ने दाजुसहित तीनजना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ कि १४ वर्षकी बालिकालाई अपहरण गरी दुई लाख हात पार्ने दाजुसजना पक्रासहित तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बालिका दाजु २१ बर्षीय सुजन रणपहेली उनका साथी पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुजनले साथीहरुसँग मिलेर आफ्ना काकाकी छोरीलाई अपहरण गरेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

अपहरणमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट भदौ १७ गते उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार र पक्राउ गरिएकालाई भदौ १८ गते बिहीबार पथरीशनिश्चरे ल्याएर अनुसन्धान गर्दा अपहरण पुष्टि भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

उनकाअनुसार अपहरणकारीबाट दुई लाखमध्ये १ लाख ५२ हजार रुपैयाँ फेला परेको छ । उनीहरुले ज्यान मार्ने धम्की दिँदै बालिकाका बुवासंग पैसा मागेका थिए ।

प्रहरीका अनुसार अपहरणका लागि पथरीको मंगलबारे चोकबाट को २ च २८८२ नम्बरको एम्बुलेन्समा चढाएर बालिकालाई सुनसरीको इटहरी पु¥याएका थिए । इटहरीबाट को २ च ३१२१ नम्बरको एम्बुलेन्समा राखेर काभ्रे पुर्याएका थिए । पक्राउ परेका आर्चाय को २ च २८८२ र तामाङ को २ च ३१२१ नम्बरका एम्बुलेन्स चालक हुन् ।

भदौ १६ गते मंगलबार बिहानका राति घरबाट बालिका हराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार