फिलीपिन्स । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित फेरि भुकम्प गएको छ । शनिबार ६.९ म्याग्निच्युडको भूकम्पमा परि मानविय क्षती नभएपनि धेरै धनमालको नोक्सानी भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।
सो भूकम्पको कम्पन फिलीपिन्सको दक्षिण भाग र छिमेकी देश इन्डोनेसियामा समेत धक्का महसूस गरिएको बताइएको छ ।
सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।
भुकम्पले धेरै ठुलो क्षती नगरेपनि भूकम्पको धक्काबाट प्रशान्त महासागरमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
इन्डोनेसिया र फिलिपिन्सको तटीय क्षेत्रमा सो सुनामी छालको अनुमान गरिएको हो यद्यपी सुनामीको छाल ३० सेन्टीमिटर भन्दा कम हुने पनि अनुमान गरिएको छ ।
फिलिपिन्समा सर्वसाधारण व्यक्तिलाई समूद्र र तटीय क्षेत्रमा नजानको लागि फिलिपिन्स सरकारले सतर्क गराएको छ ।
फिलिपिन्स र इन्डोनेसियामा भूकम्प र ज्वालामूखि विस्फोटको घटनाहरु भइरहन्छन ।