
रौतहट । किशोरीलाई लगेर भारत गइरहेका ६ जनालाई प्रहरीले रौतहतको सीमा क्षेत्रबाट पक्राउ गरेको छ । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीलाई लगेर गइरहेका ६ जनालाई जिल्लाको परोहा नगरपालिका ७ चिरान चोकबाट गएराति पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव, २२ वर्षीय रामबालक पटेल रहेका छन् । साथै प्रहरीले फतुवा विजयपुर नगरपालिका ५ की यादव थरकी १८ वर्षीया किशोरी पनि नियन्त्रणमा लिएको छ ।
मध्येराति किशोरीलाई लगेर उनीहरु भारत किन जाँदै थिए भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।








