
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमार्फत नेपालमा दैनिक ८ सय जनामा मात्रै आउन पाउने व्यवस्था हटेको छ । आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले विदेशबाट दैनिक ८ जनामात्रै ल्याउन पाइने कोटा हटाएको हो ।
बैठकमा उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को संयोजक रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री, पर्यटनमन्त्री श्रम तथा रोजगार मन्त्रीहरुको सहभागिता रहेको थियो ।
उनीहरु अब उडान पनि थप गर्ने पक्षमा रहेका छन् । आवश्यकताका आधारमा हवाई कम्पनीहरुले थप उडान भर्न सक्ने गरी निर्णय गरिएको पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई जानकारी दिएका छन् ।
अब उडान कम्पनीहरुले आवश्यक क्षेत्रमा थप उडान अनुमति माग गर्न सक्ने र स्वीकृति पाउने भएका छन् । यसअघि दैनिक ८ सय जना मात्र ल्याउन पाउने गरी हप्तामा २९ वटा फ्लाइट मात्र खुल्ला गरेको थियो ।
हवाई कम्पनीहरुले पीसीआर नेगेटिभ भएका यात्रुहरु मात्र ल्याउन पाउने पाउने छन् । हालको पीसीआर र क्वारिन्टिन सम्बन्धी नियमलाई यथावत राखेर सरकारले फ्लाइट र यात्रुको कोटा मात्र पुनःविचार गरेको हो ।










