
पोखरा । पोखरा महानगरको मेयरमा बगी उम्मेदवारी दर्ता गराएका दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगको तालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म दियएको थियो ।
उक्त समयअवधिभित्र पोखरा महानगरको मेयरमा उम्मेदवारी दिएका कांग्रेस नेता ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका हुन्। पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध दुबै जनाले बागी उम्मेदवारी दिएका थिए । दुबै जनाले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन फिर्ता लिएको काँग्रेसले जनाएको छ ।
सापकोटा कांग्रेस कास्कीका पूर्व सचिव हुन् भने तिवारी पूर्व कोषाध्यक्ष हुन् । अर्का बागी विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन् । दुबैजनाले कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर उम्मेदवारी फिर्ता लिएको प्रतिकृया दिएका छन् ।
उनले अब गठबन्धनका संयुक्त उम्मेदवारलाई जिताउनु आफुहरुको दायित्व भएको समेत बताएका छन् । उता, चितवनको भतरपुर महानगरपालिकाको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेलले भने फिर्ता लिएनन् ।












