
काठमाडौं । काठमाडौंको खुलामंचमा मजदुर र साहाराविहीनलाई सामुहिक रुपमा दसैँको टीका लगाउँदै खानपीन गरिएको छ । कोरोनाका कारण लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको सामाजिक संस्था हाम्रो टीम नेपालले सोमबार मजदुर र साहाराविहीनलाई सामुहिक रुपमा दसैँको टीका लगाउँदै दक्षिणा र खानपीन गरेको हो ।
खुलामंचमा करिब ३०० जना सर्वसाधारणलाई स्वयंसेवकहरुले टीका लगाएर खाममा दक्षिणा दिई मासुभात खुवाएको हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले बताए ।
कोरोना संक्रमणको कारण रोजगारी गुमाएर वेसाहारा बनेकाहरु रोजगारीमा नफर्किएसम्म आफुहरुले निःशुल्क खाना वितरण गरिने उनले बताए ।
दसैंमा बेसाहाराको अभिभावक बन्दै खुलामंचमा सयौं मजदुरलाई मासुभात र दक्षिणा !












