
बाजुरा । रुखबाट लडेर गम्भिर घाइते बाजुराकी एक किशोरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भिरमा घाँस काटिरहेका बेला लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भएको हो ।
बुधबार साँझ लडेर घाइते किशोरीको तत्काल हलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको भएपनि चारदिनसम्म प्रतिकूल मौसमका कारण हुन सकेको थिएन ।
चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको उपचार भइरहेकोमा थप उपचारका आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।










