समानताको हक प्रवर्द्धनका लागि राष्ट्रिय परामर्श गोष्ठी

समानताको हक प्रवर्द्धनका लागि दुई दिने राष्ट्रिया परामर्श गोष्ठी विहिबारबाट काठमाडौंमा सुरु भएको छ । महिला मावन अधिकार रक्षकलाई समानताको हक प्रवर्द्धनका लागि संविधानमा गरिएका व्यवस्था र त्यसको कार्यान्वन गर्न गर्नुपर्ने पहल बारे जानकारी गराउने उदेश्यले गोष्ठी संचालन भएको हो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संज्जाल र महिला पून स्थापना केन्द्र ओरेक नेपालको सहकार्यमा गोष्ठी संचालन गरिएको हो । दुई दिन सम्म संचालन हुने गोष्ठीमा संविधानमा समानताको हक सम्बन्नधी गरिएका व्यवस्थाका बारेमा महिला मानव अधिकार रक्षकहरुलाई जानकारी गराउनका साथै आगामि दिनमा ति अधिकारलाई कार्यान्वयनका लागि के गर्न सकिन्छ भन्ने विषयमा दिशा निर्देश गरिने बताइएको  छ ।
कार्यक्रमको उद्घाटन गर्दै महिला मानव अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष एंव महिला अधिकारकर्मी डाक्टर रेणु अधिकारीले संविधानमा समानताको व्यवस्था गरिएको भए पनि महिलाहरु जात, धर्म, यौनिता, आर्थिक, लिङ्ग लगाएका कारण समस्यामा परेको बताएकी छन् । महिलाको आफ्नै पहिचान नभएका कारण समाजमा बहिष्कृत हुनु परेको अवस्थामा महिला आफै सक्षम भएर लाग्न  आग्रह समेत गरेकी छन् ।
महिलामा क्षमता र योग्यता हुदाँहुदैं पनि महिला भएकै कारण पदबाट निकालिनु पर्ने तितो यथात् कायमै रहेको बताईन् । साथै उनले आउने दिनमा संविधानले दिएको अधिकारलाई कार्यान्वयनका लागि सबै महिला एकजुट भएर आगामि बाटोको दिशा निर्देश गरेर लाग्नु पर्नेमा जोड दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार