
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामीको घटनामा छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले आवश्यक निर्णय लिने बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले धामीको घटनाको सम्बन्धमा छानबिन समिति गठन भइसकेकाले समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले आफ्नो राय दिन मिल्ने बताएका हुन् ।
सरकारले घटनाको प्रतिवेदन प्राप्त गरेपछि आधिकारीक धारणा सार्वजनिक हुने समेत गृमन्त्री खाँणले बताए ।
‘हामी आफैंले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौं उनले भने ।
धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको उनको भनाई छ ।
गत शुक्रबार दार्चुलाको व्यास गाउँपालिका वडा नं। २ का ३५ बर्षीय धामी महाकाली नदिमा तुइन तरेर सदरमुकाम खलँगा आउनेक्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा उनि महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
यो पनि पढ्नुहोस
‘जयसिंह धामीको मृत्यु होइन, हत्या हो’, भन्दै युवा संघको भारतीय दूतावास अघि प्रदर्शन









