शिक्षा नाफा कमाउने क्षेत्र होईन : मन्त्री पोखरेल

काठमाण्डौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताएका छन् ।

आइतबार चन्द्रागिरी नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्नेमा जोड् दिएका छन् । लगानीकर्ताले संविधानको भावाना अनुरुप कामलाई अघि बढाउनुपर्ने भन्दै मन्त्री पोखरेलले शिक्षामा लगानी लगाउदाँ देशलाई नै फाइदा पुग्ने बताए ।

सार्वजाजिक शिक्षालाई सबल बनाउनु पर्ने बताउँदैं प्राविधिक, व्यवसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाई थियो । यो बर्ष बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालयमा ल्याउने र अर्को बर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

हामी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सामाजिक न्यायमा आधारित भएको समृद्ध राष्ट्र, सुखी नेपाली बनाउने एउटा बिराट अभियानमा छौं मन्त्री पोखरेलले भने : शिक्षालाई नयाँ ढंगले अघि बढाए मात्र यो अभियान सफल हुन्छ ।

उनले शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग जोड्नुपर्ने उल्लेख समेत गरेका छन् । शिक्षालाई पुर्वाधार रुपमा विकास गर्नुपर्ने भन्दै विश्वविद्यालय भनेको बिगतका ज्ञान दिने मात्र नभई नयाँ ज्ञान निर्माण गर्ने केन्द्र बन्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार