महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैत्री हो- केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू महिला मैत्री भएको बताएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका उनले महिलाहरु अलिबेसी कोमल भएको कारण पनि आफु म महिला मैत्री भएको बताए ।

आज काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उम्मेदवार स्थापितले आफुमाथि लगाइएको महिला हिंसाको आरोप सही नभएको जिकिर पनि गरे ।

‘जुन मलाई आरोप लागेको छ, म हिंसाको विरोधी हो । महिलाहरुको सम्मान गर्ने, महिलालाई आदर गर्ने । महिलासंग काम गर्दा सहज हुन्छ भन्छु, यो निजि प्राक्टिकल अनुभव हो । महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैत्री हो । मैले खेलकुदमा महिलाहरुको एउटा डिभिजन खोल्ने भनेको ५१ सालमा । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अव यही कारणले मैले आरोपित हुन जरुरी छैन’, स्थापितले भने ।

स्थापितसंग जोडिएको रस्मिला प्रजापती प्रकरणमा उनले आफुलाई बदनाम गर्ने उदेश्यले हिंसा गरेको झुटा आरोप लगाएको दावी गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार