
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले महानगरका ३२ वटामै एमडीजीपी डाक्टर, नर्स र इन्जिनयर राख्ने प्रस्ताव गरेका छन्।
आज नगर कार्यपालिका बैठकमा मेयर बालेनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् । वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।
बैठकमा उनले महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै वडामा एक एक इन्जिनियर राख्ने प्रस्ताव गरेका छन् ।












