१६ महिनापछि बलात्कार पीडितले पाइन न्याय

काठमाडाैं । ललितपुरको गोदामचौरकी बलात्कार पीडित महिलाले न्याय पाएकि छन् । घटना भएको १६ महिनापछि शुक्रबार जिल्ला अदालत ललितपुरले घटनाका दोषिलाइ जेल सजाय सुनाएपछि पीडितले न्याय पाएकि हुन् ।

अदालतले घटनामा संलग्न रघु सिलवाल, पनव कुवँर र विशालध्वज कार्कीलाई जनही दश वर्ष जेल सजाय सुनाएको छ । अभियुक्त तिनै जनालाई सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।

पीडितको सनाखत र कागज किटानीका आधारमा फैसला भएको बताइएको छ। अनुसन्धानका क्रममा प्रहरीले १५ जनालाई लाइनमा राखेर सोध्दा पीडितले सिलवाल, कुँवर र कार्कीको पहिचान गरेकी थिइन ।

उनीहरुले १६ महिना अघि गोदामचौरकी २१ वर्षीय महिलालाई सामुहिक बलात्कार गरि मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएका थिए । पीडितको साथमा भएको व्याग, पैसा, गरगहना लगायतका सामग्री पनि अभियुक्तहरूले चोरेर भागेका थिए ।

माइतबाट घर र्फकने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ति महिला बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन् । उनको एक सातापछि बल्लहोस् आएको थियो । एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन् ।

पीडितको टाउकोमा तीस भन्दा बढी टाँका लगाउनु परेको थियो । उनको हात पनि टुक्रा टुक्रा परेको थियो । घट्ना भएको १६ महिनापछि पनि उनीको उपचार जारी छ ।

यसअघि जिल्ला अदालतका न्यायधीश बालमुकुन्द दवाडीले अपराधीलाई उन्मुक्ति दिन फैसला गरेका थिए । त्यो फैसला उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र किशोर सिलवालको संयुक्त इजलाशले उल्टाएपछि मुद्दा अगाडि बढेको हो । घटनापछि पीडित परिवार भने विस्थापित छन् ।

तर बलात्कारको घटनाले अन्तराष्ट्यि स्तरमा चर्चा पाएको कंञ्चनपुरकी निर्मला पन्तको केश भने गुमनाम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार