डेंगु रोगीको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु, सङ्क्रमण ७७ वटै जिल्लामा फैलियो


काठमाडौ । नेपालमा डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएपछि संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा डेंगु रोगीको संख्या ५० हजार नाघेको छ। मन्त्रालयका अनुसार देशभर कूल डेंगु रोगीको संख्या ५० हजार २६३ पुगेको छ।

गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएपछि अहिलेसम्म मृत्यु हुनेको संख्या ५५ पुगेको मन्त्रालयले जनाएको छ।

डेंगुको संक्रमण सबैभन्दा बढि काठमाडौं जिल्लामा पाइएको छ । पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेगु रोगको कुनै उपचार नभएकाले लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम विकल्प भएको स्वास्थ्यकर्मीहरुबताउँछन् । फोहोर र पानी जम्ने ठाँउमा लामखुट्टे बढि पाइने भएकाले आफ्नो वरपर सरसफाई गर्नुका साथै पानी जम्ने खाल्टाखुल्टी पुरेर डेंगुबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार