
प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ। आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
जारि सूचनाअनुसार २१७ जना खुलातर्फ, महिलातर्फ ४६ पदमा, १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ भने दलितका लागि एउटा मात्रै कोटा दिइएको छ । बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ। १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्नेछन् ।
सूचनाअनुसार योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् ।
सूचना पढ्नुहोस













