कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोपमा अनुसन्धान सुरु

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोपमा अनुसन्धान सुरु भएको छ । एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि अनुसन्धान सुरु भएको हो ।

महिलाले बन्धक बनाएर गिरीले यौन शोषण गरेको आरोपमा उजुरी परेपछि अनसंन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएपनि उनको उजुरी दर्ता गरिएको थिएन् । त्यसपछि पीडित महिलाले एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएपछि प्रहरी अनुसंन्धान गर्न बाध्य भएको हो ।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई पीडित महिलाको उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए ।
आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् ।

मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण लगायत पटक पटक करणी गरेर गर्भपतन गर्न लगाएको आरोप छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार