आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन


काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। आचार्यको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

हिजो दिउँसो नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आफ्नो शरिरमा पेट्रोल छरेर शरिरमा आगो लगाएर गम्भिर घाइते भएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । आत्मदाह गर्नु अघि उनले फेसबुकमा आफ्नो असफलताको लामो कथा लेखेका थिए । उक्त कथामा उनले कतैबाट पनि सफल हुन नसकेपछि मृत्यु रोजेको उल्लेख गरेका थिए ।

यो पनि पढ्नुहोस

असफल भएको भन्दै फेसबुकमा लेखेर आचार्यद्धारा आत्मदाहको प्रयास

भित्र संसद बैठक चल्दै बाहिर युवकद्धारा आत्मदाहको प्रयास

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार