
काठमाडौं । गृह मन्त्रालय वाहेकको मन्त्रालय लिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक निष्र्कषविहिन सकिएको छ ।
करिब ३ घण्टा पार्टी कार्यालय बसुन्धारामा बसेको बैठक निष्र्कषविहिन सकिएको हो । आजकोबैठकले कुनै निर्णय गर्न नसकेकाले बैठक भोली पुन बस्ने गरी सम्पन्न भएको रास्वपाका मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए।
उनकाअनुसार भोली बिहान साढे ११ बजे फेरी बैठक बस्नेछ । प्रधानमन्त्री प्रचण्डले गृहवाहेकको मन्त्रालय दिनेबारे आवश्यक निर्णय गर्न राती साडे ८ बजेदेखि पार्टी मुख्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।
रास्वपाले गृहमा पुन दावी गर्दै आएको भएपनि प्रधानमन्त्री प्रचण्डले आज सभापति रवि लामिछाने संगको भेटवार्तामा भौतिक पूर्वाधार मन्त्रमालय दिन सकिने भनेपछि त्यसबारे निर्णय गर्न निर्णाय बैठक बसेको थियो । नागरिकता र पोसपोर्ट विवादका कारण उपप्रधानसहित गृहमन्त्रालय गुमाएपछि प्रधानमन्त्रीले गृहआफैसंग राखेर अन्य मन्त्रालय दिनबारे छलफल गर्नसकिने बताउँदै आएका छन् । तर रास्वपाले गृह नपाए सरकारु छाड्ने चेतावनी दिदैं आएको छ ।
भिडियो पनि हेरौं













