विप्लव र प्रहरीबीच दोहोरो गोही हानाहान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा गोली हानाहान भएको हो ।

जिल्ला सदरमुकामबाट दुई दिन पैदल पछि मात्रै पुगिने उक्त ठाउँमा घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको जानकारी पाएपछि जिल्ला र नजिकको पोस्टबाट केही प्रहरी घटनास्थलतर्फ पठाइएका छन् ।

विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीको टोली छरपस्ट भएको छ । घटनाको बारेमा विस्तृत रुपमा विरण भने आउन बाँकी नै रहेको छ । दुर्गम क्षेत्र परेकाले पनि सबै विवरण आउन नसकेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार