काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा तीन जना राज्यमन्त्री थपिएका छन् ।
आज कांग्रेसबाट रूपा विक, पूर्णबहादुर तामाङ र नागरिक उनमुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
तीनै जना राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
तिनैजना राज्यमन्त्रीमध्ये चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वातावरण र तामाङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मा दिइएको छ। तीनवटा राज्यमन्त्री थपिएसंगै ओलीको २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
ओली नेतृत्वको मन्त्रिमण्डलममा दलित शुन्य र महिलाको प्रतिनिधित्व न्युनम भएको भन्दै आलोचना भइरहेको छ ।