सप्तरी । सप्तरीमा भएको आगलागीबाट दश घर जलेका छन भने लाखौको धनमाल नष्ट भएको छ । शनिबार दिउँसो चलेको हावाहुरीले जिल्लाको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा रहेका १० घर जलेर नष्ट भएक हुन । आगलागीबाट घरभित्र रहेका सर समान, खाद्यान्य, लत्ताकपडा लजेर नष्ट हुँदा करीब २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
स्थानीय बद्री मण्डलको घरबाट एक्कासी सल्केको आगो छिमेकामा फैलिएपछि उक्त घटना भएको प्रहरीको भनाई छ । आगलागीस्थलमा लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो आगो निभाइएको थियो ।