
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका हुन् ।
आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि आफुले प्रस्तावित गरेको नेपालले बताए । उनले अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने सबैले आशा गरेपनि पनि बताएका छन् ।
अध्यक्ष नेपालले जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जनताको चाहनालाई साकार पार्ने गरी अघि बढ्न आग्रह गरे ।











