जनकपुर । होलीको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिएको ।
प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा चैत ७ र ८ गते गरि २ दिन प्रदेशभित्रका जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
संघीय सरकारले भने होलीका अवसरमा १ दिन बुधबार मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइदैछ भने तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि गरी दुई दिन होली मनाइँदै छ ।