कंचनपुर । कंचनपुरकी निर्मला पन्त हत्याकाण्डको अनुसंन्धानमा लापरवाही गरेको भन्दै मुद्धा खेपेका कंचनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा हुदैछन् ।
निर्मला हत्या प्रकरणमा यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्धा चलाइएका बिष्टउपर जिल्ला अदालत कंचनपुरले आइतबार साढे १० लाख धरौटी असुल गरी रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजालासले विष्टलाई यातनाविरुद्धको मुद्दामा साढे ४ लाख र सार्वजनिक न्याय बिरुद्धको कसुरमा ६ लाख धरौटी बुझाउन आदेश गरेपछि उनि रिहा हुन लागेका हुन । उक्त रकम आजै ४ बजे भित्र असुल गरी रिहा गर्न आदेश छ । धरौटी बुझाएपछि पुर्ब एसपी बिष्ट आजै रिहा हुनेछन ।
गत साउन दश गते निर्मलाको बलात्कारपछि हत्या भएको घटना अनुसंन्धानमा पुर्ब एसपी बिष्टले गम्भिर लापरवाही र निर्दोषलाइ यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गा र निर्दोष ठहरिएका दिलीप बिष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा तत्कालिन एसपी विष्टसहित आठ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरिएको थियो ।
मुद्धा दायरपछि बिष्ट अदालतको सम्पर्कमा नआउँदा विष्टविरुद्ध पक्राउ पूर्जी समेत जारी भएपछि उनि गत मंगलबार मात्रै अदालतमा आत्मसमर्पण गरेका थिए । उनिसंगै मुद्धा खेपेका ‘सीआइबी’ का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै फरार छन्।
यस अघि बिष्टसंगै मुद्धा चलाइएका अन्य ६ जना प्रहरीलाई भने अदालतले गत बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएपछि ६ जनाबाट ३१ लाख धरौटी बुझ्दै अदालतले उनिहरुलाई थुनामुक्त गरेको थियो ।
यो पनि पढ्नुस,
फरार पुर्बएसपी डिल्लीराज विष्ट अदालतमा हाजिर, थुनचेक वहश सुरु