शंखरापुरमा पाँच दिने उद्घोषण तालीम सम्पन्न


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा पाँच दिने उद्घोषण तालीम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय खड्गी समाज, शंखरापुर नगरसमितिको आयोजना र काठमाडौं जिल्ला समितिको सहकार्यमा शंखरापुर नगरपालिकाको वडा नं. ७ साँखुमा तालीम सम्पन्न भएको हो ।
असार २४ देखि २८ गतेसम्म संचालन भएको तालीममा स्थानिय महिला र पुरुष गरी १९ जनाको सहभागिता थियो ।

खड्गी समाज शंखरापुरका अध्यक्ष टिकाराम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ थिए भने विशिष्ठ अतिथी राष्ट्रिय खड्गी समाजका केन्द्रिय अध्यक्ष नन्द किशोर शाही थिए ।

साँखु आधारभुत विधालयको हलमा पाँच दिनसम्म संचालन भएको तालीमको सहजीकरण संचारकर्मी रमा खड्काले गरेकी थिईन् ।
तालीममा उद्घोषणका आधारभुत सिद्धान्तबारे सहभागिहरुलाई सैद्धान्तिक र प्रयोगात्मक विधिमा प्रशिक्षण गराइएको सहजकर्ता खड्काले बताइन् ।

पाँच दिनसम्म संचालन भएको तालीम उप्लब्धीमुलक भएको सहभागीहरुले बताएका छन् । तालीममा सिकेको कुराले आफुहरुलाई निर्धक्कसंग कुनै कार्यक्रममा बोल्न र मनमा लागेका कुरा राख्न सक्ने हिम्मत बढाएको सहभागिहरुको भनाई थियो । गाँउ घरमा हुने विभिन्न कार्यक्रमको संचालन कसरी गर्ने भन्ने समेत आफुले तालीम अवधिमा सिक्ने मौका पाएको सहभागि विनय शाहीले बताए ।

समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले तालीम उप्लब्धीपुर्ण लागेको र आगामी दिनमा यस्ता ब्यक्तित्व विकास सम्बन्धी तालीममा आफ्नो सहयोग रहेको बताए । त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य तालीममा सहभागि विजय शाहीले गरेका थिए ।

तालीम संचालनका लागि सहयोग गर्ने सम्पुर्णलाई नेपाल राष्ट्रिय खड्गी समाज, शंखरापुर नगरसमितिका उपाध्यक्ष अजित शाहीले धन्यवाद दिएका थिए । समापन कार्यक्रमको संचालन भने तालिममा सहभागी एवम् नेपाल राष्ट्रिय खड्गी समाज, शंखरापुर नगरसमितिका सदस्य दिपिका खड्गीले गरेकी थिइन् ।

भिडियो सामाग्री पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार