डा.भट्टराईले भनेः अख्तियार निकै कमजोर छ, त्यसको काम छैन्

‘मैले विगत देखिनै भन्दै आएको छु, छानबिन गरौँ, म तयार नै छु’


सुर्खेत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफुमाथि छानविन गर्न तयार रहेको बताएका छन् ।
आज सुर्खेतमा पत्रकारहरुसंग कुराकानी गर्दै भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफुमाथि पनि छानविन गर्न तयार रहेको बताएका हुन् । सर्वोच्चले हालै पूर्वप्रधानमन्त्री भट्टराई र माधव नेपाललाइृपनिललिता निवास जग्गा प्रकरणमा अनुसंन्धानको दायरामा ल्याउनु भन्ने आदेश दिएको थियो ।

नेता भट्टराईले भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने पनि बताए। उनले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएकाले नयांसंरचना बनाउनु पर्ने बताए । ललिता निवास जग्गा प्रकरणमा थप छानबिन हुनुपर्ने बताए ।

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताउँदे उनले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए ।
वर्तमान सरकारको भविष्यबारे बोल्दै उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार