नक्कली सर्टिफिकेटमा पक्राउ पर्ने डाक्टरको संख्या ७ पुग्यो

 

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ पर्ने डाक्टरको संख्या ७ पुगेको छ ।
प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका मोरङका मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारपक्राउ परेपछि नक्कली डाक्टर पक्राउ पर्नेको संख्या ७ पुगेको हो । चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीले जनाएको छ।

यसअघि हिजो मात्रै नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गर्दा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा।अमित चौधरी, डा।रामबाबु यादव र डा। एरिना शाह पक्राउ परेका थिए।

ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको सिआईबीले जनाएको छ ।

पक्राउ परेका काँग्रेस सांसद आर्चायले केहि दिन अघि सुन पक्राउको बिषयलाई लिएर संसदमा अर्थमन्त्रि र गृहमन्त्रीको राजीनामा मागेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार