पानीपुरी, चटपटे पारखीका लागि बालेनले यस्तो निर्णय गर्दै


काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । बर्खायामभरि त्यस्ता खानेकुरामा महानगरले प्रतिबन्द लगाउने तयारी गरेको हो ।

अनुगमन समितिको आज बसेको बैठकमा काठमाडौंमा पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने बिषयमा छलफल भएको महानगरले जनाएको छ ।

पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए ।

यस्तै खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत भएकाले त्यसलाई तत्काल रोक लगाउने तयारी छ।

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने महानगरको तयारी छ ।
बजार अनुगमनका लागि महानगरले तत्काल टोली परिचालन गर्ने उपमेयर सुनिता डंगोलले बताइन् । उनकाअनुसार अनुगमनमागलत गरेको भेटिएमा एक पल्टलाई सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याइनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार