संचारकर्मीहरुका लागि एकदिने कार्यशाला सम्पन्न

काठमाडौं । ‘आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण र सम्र्बद्धनको लागि संचारमाध्यमको भुमिका’ बिषय एकदिने कार्यशाला सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न कार्यशालामा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि संचारमाध्यमहरुको भुमिकाबारे विभिन्न बिषयगत विज्ञ र संचारकर्मीहरुबीच छलफल सम्पन्न भएको हो ।  समाज रुपान्तरणका लागि संचारमाध्यमको ठुलो भुमिका रहेकाले यि महत्वपुर्ण बिषयमा समुदायमा सूचना र जानकारी प्रवाह गर्ने बारेमा सहभागीहरुबीच छलफल भएको थियो ।

जागरण मिडिया सेन्टर र जुरी नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा जायश्वर चापागाई, राजेश हमाल, आरती चटौत, सुनिल चित्रकार, चुन बहादुर गुरुङ लगायतकाले सहजीकरण गरेका थिए । काठमाडौंका विभिन्न संचारमाध्यमहरुमा कार्यरत संचारकर्मीहरुको सहभागीतामा कार्यशाला सम्पन्न भएको हो । सहभागी संचारकर्मीहरुले यस्तो कार्यशालाले आफुहरुलाई बिषयगत रुपमा संचारमाध्यममा काम गर्दा निकै सहयोग पुग्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार